images
images

पहिचानवादीद्वारा भोलि र पर्सी घोषणा गरिएको वन्द उदयपुृरमा सफल वनाउन आव्हान

जन्ताभ्वाईस सम्वाददाता
२९ मंसिर , शुक्रबार , २०८०
गाईघाट / प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोलि र पर्सि प्रदेश भरि यातायात बन्दको आव्हान गरेको छ । उक्त आव्हानलाई सफल पार्न प्रदेश नम्बर १ पुन नामाकंन संयुक्त संघर्ष समिति उदयपुरले पनि जिल्लामा वन्दलाई सफल बनाउन आज विज्ञप्ति निकालेको छ ।
संयुक्त संघर्ष समिति एवं किरात राई यायोक्खा उदयपुरका अध्यक्ष गंगा राई , नेपाल आदिवासी जनजाति महासंघ उदयपुरका सचिव फणिन्द्र तामाङ्ग , जनता समाजपादी पार्टी उदयपुरका अध्यक्ष केशव मगर हस्ताक्षरित विज्ञप्ति जारी गर्दै बन्दलाई सफल पार्न पहिचानवादी संघ , संस्था , संगठन , बुद्धिजिवी , समाजसेवी , विभिन्न राजनीतिक दल , मानव अधिकारकर्मी , पत्रकार , यातायात व्यवसायी लगायतलाई आव्हान गरिएको छ ।
पहिचान रक्षाका लागि मंसिर २६ र २७ गते घुर्मी लेगुवाघाट बन्द आव्हान गरिएसँगै वन्द सफल बनाउने क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराती , घुर्मीमा पक्राउ परेका निशान राई , विजय थापा लगायतका वन्दी वनाईएका प्रदेश भरीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । साथै राज्य पक्षको दमन अत्याचार र अमानविय व्यवहार निरन्तर भईरहेकाले वन्द गर्न बाध्य भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिले प्रदेशमा घोषणा गरेको विज्ञप्ति तल –