जन्ताभ्वाईस सम्वाददाता
२८ मंसिर , विहिबार , २०८०
कटारी/ कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारीले एकमहिना अर्थात ३० दिनभित्र खानेपानीको महशुल बुझाउन सुचना जारी गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै वाँकी रहेको महशुल बुझाउन उपभोक्ताहरुलाई आग्रह गरेको हो ।
संस्थाको कार्यालय प्रमुख सुमन कार्की हस्ताक्षरित सूचना जारी गर्दै एकमहिना भित्र महशुल नबुझाए कार्वाही गरिने पनि जानकारी गराईएको छ । कटारी खानेपानीले पटक पटक सुचना जारी गर्दै महशुल बुझाउन आग्रह गरिरहेको छ ।


जनता भ्वाइस 








