images
images

कटारीमा लैंगिक हिंसा रोकथाम , नीति र कोष परिचालन विषयक अन्र्तकृया सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२८ मंसिर , विहिबार , २०८०
कटारी / कटारीमा लैंगिक समानता र लैंगिक हिंसा रोकथामका लागि लैंगिक समानता नीतिको आवश्यकता र लैंगिक हिंसा निवारण कोषको प्रभावकारी परिचालन विषयक अन्र्तकृया आज सम्पन्न भएको छ । एबिसी नेपाल र साझा सवालका लागि साझा मञ्च(कोकन)को संयुक्त आयोजनामा अन्र्तकृया सम्पन्न भएको हो ।

अन्र्तकृयामा वोल्दै कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले क्रमिक रुपमा नगरभित्र हिंसाहरु न्युनिकरण हुँदै गएको बताउनुभयो । ‘सुक्ष्म र प्रभावकारी ढंगले हामी कामहरु गरिरहेका छौं ।’मेयर श्रेष्ठले भन्नुभयो ,‘सबैजना एकजुट भएर हिंसा अन्त्यका लागि काम गरौं ।’
त्यसैगरी कार्यक्रमका सभापति कटारी नगरपालिकाकी उपप्रमुख उपमेयर गिता खड्काले सवैले महशुस गर्ने गरी काम गरिरहेको बताउनुभयो । ‘कोषको रकम थोरै १७ प्रतिशत मात्रै खर्च भएको कुरा आयो ।’उहाँले भन्नुभयो , ‘हाम्रो ध्यानाकर्षण भएको छ , यसलाई अधिकतम् प्रयोग गरी पुर्नस्थापना र राहतको महशुस हुने गरी काम गर्छौं ।’
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुको तर्पmबाट वोल्दै सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष सुविन ढुंगानाले हिंसामा कमी आईरहेको र आगामी दिनमा पनि सरोकारवालाहरुलाई नगरभित्र काममा सहकार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रमको अवसरमा कटारी नगरपालिकाद्वारा संञ्चालित सुरक्षित गृह (सेफ हाउस)को एकवर्षको प्रगति प्रतिवेदन एबिसी नेपालका कार्यक्रम संयोजक मिना श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
श्रेष्ठका अनुसार हाउसले एकवर्षमा ५१ प्रभावित महिलाहरुलाई , साथमा आएका १७ संरक्षित वालवालिकाहरुलाई , ४ जनालाई हाउस वाहिर नै सेवा दिएको बताउनुभयो । त्यसैगरी ६ जनालाई सिपमुलक तालिम दिएको पनि बताउनुभयो । कार्यक्रममा एविसी नेपालका प्रदेश प्रमुख विष्णु शर्माले लैंगिक हिंसा निवारण कोषको संञ्चालन लगायतका विषयमा जानकारी दिनुभयो ।
युएनएफपिए र आईपासको सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कटारी नगरपालिकाका वडाध्यक्षहरु , कार्यपालिका सदस्य तथा वडासदस्यहरुको सहभागीता रहेको थियो ।