जन्ताभ्वाईस सम्वाददाता
२६ ,मंसिर ,मंगलबार , २०८०
कटारी / कटारी १४ घुर्मीबाट मंगलबार आज पहिचान पक्षधर तीनजनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा किरात राई यायाेक्खा उदयपुरका जिल्ला सदस्य निशान राई , विजय थापा र शंकर खत्री रहेका छन् ।
काेशी प्रदेश नामाकरण गरिएपछी काेशी प्रदेश नामाकरण खारेजकाे माग गर्दै आन्दाेलनरत संघर्षरत संयुक्त संघर्ष समितिले आजदेखि घुर्मी-चिवाभञ्ज्याङ्ग बन्दकाे घाेषणा गरेकाे थियाे । उक्त बन्दकाे कार्यक्रममा सहभागी हुन जाने क्रममा किराया जिल्ला सदस्य सहितकाे टाेली घुर्मीमा पक्राउ परेका हुन् ।
पक्राउ पर्ने खत्री भने टाेलीलाई लिएर गएकाे सवारी चालक रहेकाे बताईएकाे छ । पक्राउ परेकाहरूलाई आज साँझ ईलाका प्रहरी कार्यालय कटारी ल्याएकाे छ ।
आजै घुर्मीहुँदै आेखलढुंगाकाे हर्कपुरमा सम्पन्न एमालेकाे आमसभालाई मध्यनजर गर्दै सुरक्षा अवस्था कडा पारिएकाे थियाे । पक्राउ परेकालाई विना सर्त रिहाई गर्न पहिचान पक्षधरले माग गरिरहेका छन् ।संघर्षरत समितिले घुर्मीबाट पक्राउ परेका तीनजना सहित अन्य जिल्लाहरुबाट पक्राउ परेका पूर्वमन्त्री गोपाल किराती लगायतका सवैलाई विनासर्त तुरुन्त रिहा गर्न माग गर्दै विज्ञप्ति समेत निकालेको छ ।


जनता भ्वाइस 







