जन्ताभ्वाईस सम्वाददाता
२६ मंसिर , मंगलबार , २०८०
कटारी / गएको मंसिर १४ गते वैतडीको झुलाघाटबाट नेकपा एमालेले सुरु गरेको १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको छ । पश्चिमबाट सुरु भई देशको विभिन्न प्रदेश अन्र्तगत लोकमार्ग केन्द्रित यात्रा र सभा गर्दै एमालेको यात्रा अन्तिम अथवा पूर्वी प्रदेश अन्र्तगत कोशी प्रदेश प्रवेश गरेको हो ।
कोशी प्रदेशको पश्चिमी सिमा उदयपुरको कटारी नगरपालिका १४ नम्बर वडामा रहेको घुर्मी बजारबाट यात्रा प्रदेश प्रवेश गरेको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । ‘वागमती प्रदेशको एमालेले घुर्मीमा कोशी प्रदेशको एमालेलाई यात्रा जिम्मा लाएको छ ।’उहाँले भन्नुभयो ,‘एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका अतिथिहरुलाई ३ किलोमिटर पैदल यात्रा पश्चात घुर्मीमा खाना ख्वाईएको छ । ’
घुर्मीमा खाना ख्वाएपछी नजिकैको ओखलढुंगा मानेभञ्ज्याँग गाउँपालिकाको हर्कपुरको सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष ओलीलाई एमालेको प्रदेश कमिटी , उदयपुर जिल्ला कमिटी कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको प्रेस चौतारीका केन्द्रिय सदस्य तथा उदयपुर ईन्चार्ज रेनु पराजुलीले बताउनुभयो ।
अभियानलाई ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ भनिएको छ । अभियान अन्र्तगत हर्कपुरको सभा सकेर खोटाङ्गको हलेशी हुँदै यात्रा दिक्तेल तर्पm अघि बढ्नेछ । कोशी प्रदेशमा हर्कपुर पछी भोजपुर , वसन्तपुरहुँदै यात्रा पूर्वी जिल्ला केन्द्रित हुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायत केन्द्रीय उपाध्यक्षहरु , केन्द्रिय कमिटीका पदाधिकारीहरु , प्रदेश कमिटीका पदाधिकारीहरुको कार्यक्रममा सहभागीता रहेको प्रेस चौतारीका केन्द्रिय सदस्य तथा उदयपुर ईन्चार्ज रेनु पराजुलीले बताउनुभयो । हर्कपुरमा हुने सभाको एमालेको उदयपुृर , ओखलढुंगा , सोलुखुम्बु र खोटाङ् जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेका छन् ।
एमालेको यात्रा प्रदेशमा प्रवेश गर्नेभएपछी कोशी प्रदेश नामाकरण खारेज गर्नुपर्ने माग राख्दै आजैदेखि प्रदेशको पहाडी लोकमार्ग वन्दको आव्हान गरेको कोशी नाम खारेज अभियान अन्र्तगतको कार्यक्रमलाई लक्षित गरी कटारी र आसपासका जिल्लामा सुरक्षाकर्मीको वाक्लो उपस्थिति रहेको छ । प्रदेशका सुरक्षा निकायका प्रमुखहरु लगायतले कार्यक्रमलाई विथोल्न सक्ने भन्दै कडा निगरानि गरिरहेका छन् ।
सडक अवरुद्ध भएका क्षेत्रमा सुरक्षाकर्मीहरुले सडक सुचारु गरिरहेका छन् । पहिचानवादी नेता गोपाल किराती सहितका पहिचानवादी नेताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । पहिचानवादीहरुले एमालेको अध्यक्ष ओली , नेता महेस वस्नेत र योगेश भट्टराईले पहिचान पक्षधरलाई तेरो बाउको विर्ता हो लगायतका शव्द प्रहार गर्ने गरेकाले विरोधमा वन्दको कार्यक्रम गरेको बताउदै आएका छन् ।


जनता भ्वाइस 







