जन्ताभ्वाईस सम्वाददाता
२६ मंसिर , मंगलबार , २०८०
कटारी / उदयपुर उद्योग वाणिज्य संघ कटारीले सिद्धिचरण राजमार्ग अन्र्तगत मिर्चैया कटारी घुर्मी सडकखण्ड फराकिलो पार्ने क्रममा सरकारको वास्तविक निर्णय के भएको हो भन्ने बारे अन्यौल रहेको भन्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । आज संघका उपाध्यक्ष अरुणकुमार साह हस्ताक्षरित ज्ञापन पत्र कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई बुझाउँदै व्यापारीहरुले समस्या भएको बताएका हुन् ।
सडक विस्तारका क्रममा कटारी बजार नै विस्थापित हुने खतरा बढेको भन्दै व्यापारीहरुले यसको समस्या समाधानका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको बताएका छन् । ‘सडकको क्षेत्र कति मिटर रहनुपर्ने भन्ने स्पष्ट नहुँदा वैकिङ्ग कारोबार तथा वेचविखनमा नै अति समस्या परेको छ ।’ज्ञापन पत्रमा उल्लेख गरिएको छ , ‘वास्तविक सरकारको धारणा तथा निर्णय सार्वजनिक गरी अन्यौलको अवस्थालाई सहज गरिनुपर्छ ।’
जनताको घर जमिन सुरक्षित गरी सहज वातावरण बनाउन पनि संघले आग्रह गरेको छ । यस विषयमा नगरपालिका , सडक डिभिजन कार्यालय , कटारीका वैंकहरु र सम्बन्धित घरजग्गाधनीहरुलाई छलफल गराई स्पष्ट पार्न पनि ज्ञापन पत्रमा माग गरिएको छ । ज्ञापन पत्र वुभ्mदै मेयर श्रेष्ठले जनताका समस्याका विषयमा स्थानीय सरकारले सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो ।


जनता भ्वाइस 








