जन्ताभ्वाईस सम्वाददाता
२४ मंसिर , आईतबार , २०८०
कटारी / कटारी नगरपालिकाले ४१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । नगरपालिकाले यस वर्षको ३२ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा कटारी नगरपालिका र कटारी ११ वेतेनीमा विभिन्न कार्यक्रम गरी परिचय पत्र वितरण गरेको हो ।
कटारी नगरपालिकाकी उपमेयर गिता खड्काका अनुसार वर्षमा ३ पटक वैठक वसी अपाङ्गता भएकाहरुको पहिचान गरी परिचय पत्र वितरण गर्नुपर्ने हुन्छ । सोही बमोजिम नगरपालिकाले आवश्यक प्रकृया पुरा गरी दिवशको अवसरमा गरिएको कार्यक्रममा परिचय पत्र वितरण गरेको हो । जसमा क वर्गको ५ जना, ख वर्गको २६ जना, ग वर्गको ८ जना र घ वर्गको २ जनाले परिचय पत्र प्राप्त गरेका छन ।
परिचय पत्र प्राप्त गरेपछी उनीहरुलाई राज्यबाट पाउने सेवा सुविधा पाउनेछन् । यस वर्ष दिवशको अवसरमा नगरपालिकाको आयोजना र नगर स्तरीय अपाङ्ग संघको सहकार्यमा अपाङ्गता शिविर तथा झोला स्टेशनरी समेत वितरण गरिएको थियो ।


जनता भ्वाइस 







