जन्ताभ्वाईस सम्वाददाता
२४ मंसिर , आईतबार , २०८०
कटारी / मध्यपहाडी लोकमार्ग केन्द्रित नेपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्र्तगत २६ मंसिर मंगलबार ओखलढुंगाको हर्कपुरमा हुने आमसभाका लागि एमाले उदयपुरले कटारीको घुर्मीमा स्वागत गर्ने तयारी गरेको छ । घुर्मीमा तीन किलोमिटर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमाले उदयपुरले स्वगत गर्ने र हर्कपुरमा हुने कार्यक्रममा सहभागी हुने एमाले कोशी प्रदेश समितिका सचिवालय सदस्य तथा उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ का ईन्चार्जं ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार अध्यक्ष ओलीलाई घुर्मीमा नै खाना ख्वाउने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि उदयपुर क्षेत्र नम्बर २ बाट २ हजारको संख्यामा सहभागी गराउने पनि ईन्चार्ज श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमका लागि कटारी नगरपालिकाबाट मात्रै हजारबढीको संख्यामा सहभागी हुने तयारी रहेको एमाले नगर कमिटी अध्यक्ष संञ्जिव कार्कीले बताउनुभयो । कार्यक्रमका उदयपुरका वडा कमिटीहरु समेत तयारी अवस्थामा रहेको प्रेस चौतारीका केन्द्रीय सदस्य तथा उदयपुर ईन्चार्ज रेनु पराजुृलीले बताउनुभयो । कार्यक्रममा उत्साहाजनक सहभागीता रहेको पनि ईन्चार्ज पराजुृलीले बताउनुभयो ।
कटारी १४ घुर्मीबाट कोशी प्रदेश अन्र्तगतको यात्रालाई सुरुवात गरिने भएकाले भव्य स्वगतको तयारी गरिएको पनि ईन्चार्ज पराजुलीले बताउनुभयो । हर्कपुरको सन्देश सभा सकेर अघि बढेको टोली खोटाङ्गको दिक्तेल , भोजपुर हुँदै पाँचथरको चिवाभञ्ज्याङ्ग पुग्ने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली लगायत केन्द्रीय कमिटीहरु कार्यक्रममा सहभागी हुनेछन् ।


जनता भ्वाइस 







