images
images

कटारी ४ को ट्रिपरहरु संञ्चालन गर्न नदिने निर्णय कार्यान्वयनमा आएन

जन्ताभ्वाईस सम्वाददाता
२२ मंसिर , शुक्रबार , २०८०
कटारी / कटारीको वडा नम्बर ४ ले आप्mनो वडा भित्रबाट चुनढुंगा ढुवानी गर्ने ट्रिपरहरु संञ्चालन गर्न नदिने भन्दै आज विहानदेखि रोक लगाएपनि आजै देखि ट्रिपरहरु संञ्चालनमा आएका छन् । हिजो वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्ग हस्ताक्षरित एक सूचना जारी गर्दै वडाले वडा कार्यसमितिको निर्णय अनुसार ट्रिपर संञ्चालन गर्न नदिने जनाएको थियो ।
उक्त निर्णय अनुसार आज विहानै वडाको ट्रिपर संञ्चालन हुने क्षेत्रमा वडाध्यक्ष तामाङ्ग सहितले ट्रिपर संञ्चालनमा रोक लगाएका थिए । यद्यपि ट्रिपरहरु संञ्चालनमा रोक लगाउने भन्दा पनि संञ्चालन गर्न दिनुपर्छ भन्नेहरुले दबाब दिएपछी ट्रिपरहरु संञ्चालनमा आएका हुन् ।
वडाध्यक्ष तामाङ्गले आप्mनो मागहरु जायजहुँदा हुँदै पनि ट्रिपरहरु संञ्चालनमा रोक लगाउनका लागि साथ नपाएको बताउनुभयो । ‘जायज मागहरु राखेर रोकेका थियौं तर चलाउनुपर्छ भन्नेहरु हामीभन्दा धेरै भए ।’
कुनै सहमति छलफल समेत नभएको जानकारी दिंदै वडाध्यक्ष तामाङ्गले ट्रिपर संञ्चालनमा आएको बताउनुभयो । वडाले जारी गरेको सूचनामा सौर्य सिमेन्टका लागि चुनढुंगा ढुवानी गर्ने ट्रिपर संञ्चालनकालागि यस अघि भएको लिखित ,मौखिक सहमतिहरु कार्यन्वयनमा जिम्मेवार नदेखिएको उल्लेख गरिएको छ ।
वडाले उक्त जानकारी ईलाका प्रशासन कार्यालय , ईलाका प्रहरी कार्यालय , कटारी नगरपालिका र आधारभूत विदालय जहडी सिम्लेलाई बोधार्थ पठाएको थियो ।