जन्ताभ्वाईस सम्वाददाता
२२ मंसिर , शुक्रबार , २०८०
कटारी / कटारीको वडा नम्बर ४ ले आप्mनो वडा भित्रबाट चुनढुंगा ढुवानी गर्ने ट्रिपरहरु संञ्चालन गर्न नदिने भएको छ । हिजो वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्ग हस्ताक्षरित एक सूचना जारी गर्दै वडाले वडा कार्यसमितिको निर्ण अनुसार ट्रिपर संञ्चालन गर्न नदिने जनाएको थियो ।
उक्त निर्णय अनुसार आज विहानै वडाको ट्रिपर संञ्चालन हुने क्षेत्रमा वडाध्यक्ष तामाङ्ग सहितले ट्रिपर संञ्चालनमा रोक लगाएका हुन् । वडाले जारी गरेको सूचनामा सौर्य सिमेन्टका लागि चुनढुंगा ढुवानी गर्ने ट्रिपर संञ्चालनकालागि यस अघि भएको लिखित ,मौखिक सहमतिहरु कार्यन्वयनमा जिम्मेवार नदेखिएको उल्लेख गरिएको छ ।
वडाले उक्त जानकारी ईलाका प्रशासन कार्यालय , ईलाका प्रहरी कार्यालय , कटारी नगरपालिका र आधारभूत विदालय जहडी सिम्लेलाई बोधार्थ पठाएको छ ।


जनता भ्वाइस 







