images
images

आईएमई लाईफ ईन्स्युरेन्स कटारीको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२२ मंसिर , शुक्रबार , २०८०
कटारी / आईएमई लाईफ ईन्स्युरेन्स कटारी शाखाले आज ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कटारी स्थित होटल मजेस्टीको हलमा शाखा प्रमुख राजकुमार कार्कीको सभापतित्व तथा ईन्स्युरेन्सका प्रशिक्षण प्रमुख सुनिल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रशिक्षण दिंदै प्रमुख अतिथि आचार्यले आईएमईले छोटो समयमा नै नेपालमा आईएमईले आक्रामक रुपमा ईन्स्युरेन्समा फड्को मारेको बताउनुभयो । त्यसैगरी विशेष अतिथि आईएमईका प्रदेश प्रमुख मिलन दाहालले ईन्स्युरेन्सको महत्व राम्रोसँग सवैलाई बुझाउनुपर्ने बताउनुभयो ।
एरिया प्रमुख कृष्ण प्रसाद घिमिरेले कार्यक्रमको स्वगत मन्तत्वय राख्नुभएको थियो । त्यस्तै प्रदेश उपप्रमुख ओमप्रकाश राईले आईएमईको स्किमहरुका बारेमा जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा यस वर्ष विभिन्न विधामा अवार्ड पाएकाहरुलाई अवार्ड समेत वितरण गरिएको थियो ।