जन्ताभ्वाईस सम्वाददाता
२२ मंसिर , शुक्रबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर १ बाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमी आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङ्गका अनुसार सवैखाले ऐलानी जग्गाको नापी आयोगबाट सुरु भएको हो ।
भूमिहिन दलित , सुकुम्बासी र अव्यवस्थित सवैखाले ऐलानी जग्गाहरु नापी सुरु भएको अध्यक्ष तामाङ्गले बताउनुभयो । ‘सवै ऐलानी जग्गाहरु नापी हुन्छन् ,’अध्यक्ष तामाङ्गले भन्नुभयो ,‘यस अघि कटारीमा वडा नम्बर १ , २ र ४ मा कन्सल्टेन्सी मार्पmत जग्गा नापी भएको रहेछ , त्यसको पनि भेरिफाई हुन्छ ।’
भूमी आयोगबाट जग्गा नापी गरी लालपुर्जा वितरण गर्ने गरी काम सुरु भएको पनि अध्यक्ष तामाङ्गले बताउनुभयो । जग्गा नापी भएपछी स्थानीयमा पुनः उत्साहा थपिएको छ । यसपटक कटारी नगरभित्रका सवै वडाको जग्गा नापी गर्ने नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
मेयर श्रेष्ठका अनुसार ४ महिनाभित्रका नापीको काम सक्नेगरी कन्सल्टेन्सीलाई काम सुरु गर्न लगाईएको हो ।
‘नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौं ।’भूमी अधिकार मञ्च कटारीका अध्यक्ष वालकृष्ण थापा भन्नुहुन्छ ,‘पटक पटक जग्गा नापीको हल्ला चल्ने र सुरु हुने रोकिने गरेको छ यसपटक त्यस्तो नहोस ।’
कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगर भित्र जग्गा नापीको काम सुरु भएकाले अव भने भूमिहिन , सुकुम्बासी तथा अव्यवस्थितहरुले लालपुर्जा पाउने बताउनुभयो । कटारी १ को कालीखोलाबाट जग्गा नापी सुरु भएको हो ।


जनता भ्वाइस 







