जन्ताभ्वाईस सम्वाददाता
१९ ,मंसिर , मंगलबार , २०८०
कटारी / कटारी नगरपालिका–३ हडैया स्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिम तर्पmको जोईन्टबाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङ्गले बताउनुभयो ।
यो पुल निर्माण सुरु भएको ८ वर्ष हुन लाग्यो । यसअघि २०७५ सालमा यो पुलको दुई स्ल्याबमध्ये एउटा भत्किएको थियो । सडक डिभिजन कार्यालय सिरहा, लहानका इञ्जिनियर संञ्जिव दासले ज्वाईन्टमा राम्रो जडान नभई चर्किएर भत्किन थालेको बताउनुभयो । स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण पटक पटक भत्कन थालेको बताएका छन् ।
विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण शुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्माण नसकिएपछी पटक पटक म्याद थपिएनि अभैm पुल निर्माण सकिएको छैन् । सडक विभागको आठ करोड ७९ लाख २८ हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण सुरु भएको थियो ।
‘बनिनसकिंदै पुल त भत्किएर हिंड्नै जोखिम भईसक्यो ।’स्थानीय प्रकाश पाख्रिनले भन्नुभयो , ‘सुरुदेखि नै गुणस्तरहिन काम भयो हामीले जति गुनासो गरेपनि सुनुवाई भएन् ।’‘ पुलको सम्झौता म्याद सकिएको एक वर्ष हुन लाग्यो , ठेकेदार सम्पर्क विहिन भएको छ ।’सडक कार्यालयका ईन्जिनियर दासले भन्नुभयो , ‘अव पत्र काट्छौं , सम्पर्कमा आएनन् भने कार्वाहीको प्रकृया अघि बढाउँछौं ।’
ईन्जिनियर दासका अनुसार पुल अलपत्र पारेर सम्पर्क विहिन भए ठेक्का रद्द गर्ने सम्मको कार्वाही हुनेछ । ‘काम सात आठ प्रतिशत मात्रै वाँकी छ , भूक्तानी लिन वीस प्रतिशत बाँकी छ ।’उहाँले भन्नुभयो , ‘देखिएका समस्या समाधान गर्ने गरी तत्काल काम गर्न ताकेता गर्छौं ।’
पुल लामो समय अलपत्र पारेको , निर्माण नसकिंदै भत्किएको तथा गुणस्तरहिन काम भएको भन्दै स्थानीय तुरुन्त ठेक्का तोड्नुपर्ने माग राखेका छन् । पुल भत्किन थालेपछी आउजाउमै समस्या भएको छ । ‘पुलमै दुर्घटनाको जोखिम बढेको छ , ज्वाईन्टमा भ्वाँङ्ग परिसक्यो ’स्थानीय हुकुम माझीले भने , ‘भत्किएको पुलमा हिंड्ने गाडीको आवाजले छेउछाउका गाउँले सुत्ने अवस्था छैन् ।’एकातर्पm पुल निर्माण लापर्वाही र अर्का तर्पm ठेकेदार वेपत्ता भएपछी स्थानीयले ठेक्का तोड्न माग गरेका छन् ।


जनता भ्वाइस 







