images
images

त्रियुगामा श्रीमतिले गरिन श्रीमानको हत्या

जन्ताभ्वाईस सम्वाददाता
१९ ,मंसिर , मंगलबार , २०८०
गाईघाट / सामान्य विवादको क्रममा हात हालाहाल हुँदा उदयपुरको त्रियुगा नगरपालिका ५ दमौतीमा श्रीमतीले श्रीमानको हत्या गरेका छन् । बाख्राबस्तुको बिषयलाई लिएर विवाद हँुदा ५० वर्षीया निरकुमारी राईले आफ्नो ६० वर्षीय श्रीमान श्यामबहादुर राईले लगाईरहेको गलबन्दीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले जनाएअनुसार उनिहरु बीच गत शनिबार विवाद भएको थियो । त्यही विवादको क्रममा मृतक श्यामबहादुरले लगाएको गलबन्दीले घाँटी कसेर श्रीमती निरकुमारीले हत्या गरेका थिए । शनिबारको घटना भएपनि निरकुमारीले लुकाएर राखेका थिए ।
श्यामबहादुर हराएको भन्दै छिमेकी र आफन्तहरुले खोजी गर्ने क्रममा मंगलबार बिहान घर नजिकै गाडेको अवस्थामा शब फेला परेको वडासदस्य कुबेर कुमार क्रन्जा मगरले बताउनुभयो । वडासदस्य मगरका अनुसार शब फेला परेपछि निरकुमारीले हत्या स्वीकार गरेकी हुन् । अहिले श्यामबहादुरको शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छभने निरकुमारीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखिएको छ ।