जन्ताभ्वाईस सम्वादादता
१८ मंसिर , सोमबार , २०८०
कटारी / कोशी प्रदेशका मूख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निशुल्क सेवाहरु सेवाग्राहीहरुले पाए नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पत्तालको स्तरउन्नतीका लागि अघि बढ्ने बताउनुभएको छ । आज कटारी नगर अस्पत्ताल परिसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको मागबारे वोल्दै मूख्यमन्त्री कार्कीले कटारी अस्पत्ताल यस क्षेत्रको केन्द्रमा रहेकाले यसलाई सवै प्रकृया पुगे स्तरउन्नती गर्ने बताउनुभयो ।
अस्पत्तालले विरामीलाई दिने सेवा सुविधा राम्रो हुनुपर्ने बताउँदै सेवा सवैले पाउनुपर्ने मूख्यमन्त्री कार्कीले बताउनुभयो । ‘प्रभावकारी सेवा पाए पाएनन् पब्लिकमा पनि सर्वे गर्छौं ।’उहाँले भन्नुभयो , ‘स्तरउन्नतीसँगै प्रभावकारी सेवाका लागि काम गर्छौं।’
मूख्यमन्त्री कार्कीलाई अस्पत्तालको बारेमा जानकारी गराउँदै अस्पत्तालका निमित्त मेडिकल सुपरीडेण्टेड डा.गौरब साहले १५ वेडको नगर अस्पत्ताल भएपनि ५० वेडको सेवा दिईरहेकाले प्रदेशस्तरीय अस्पत्ताल बनाउन आग्रह गर्नुभयो । ‘सर्पदंशको पनि उपचार गरिरहेका छौं , उपचार सेवाको विस्तार भईरहेको छ ।’डा.साहले भन्नुभयो , ‘यस अस्पत्ताललाई प्रदेशस्तरीय बनाउन आवश्यक छ ।’
कटारी अस्पत्तालबाट उदयपुरका साथै प्रदेशको पहाडी जिल्ला ओखलढुंगा , सोलुखुम्बु , खोटाङ्ग र वागमती प्रदेशको सिन्धुलीका विरामीहरुलाई समेत सहज उपचार गर्न सकिने डा.साहको भनाई थियो । यस अस्पत्तालमा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको पहलमा यसै वर्षदेखि सर्पदंशको समेत उपचारहुँदै आएको छ । प्रदेश सभा सदस्य प्रदीप सुनुवार , रामकुमार खत्री लगायतको टोलीलाई अस्पत्ताल विकास समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष भूपेन्द्रसिंत तामाङ्ग लगायत कटारी नगरपालिकाका जनप्रतिनिधिहरु साथै सरोकारवालाहरुले स्वगत गरेका थिए ।


जनता भ्वाइस 







