तस्बिर सौजन्य , मेयर श्रेष्ठको सचिवालय ।
जन्ताभ्वाईस सम्वाददाता
१७ मंसिर , आईतबार , २०८०
कटारी /कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले कटारी , ५ भोर्लेमा पुगेर आज स्थानीयको समस्या र समाधानका विषयमा छलफल गर्नुभएको छ । स्थानीय सरोकारवाला अगुवा व्यक्तिहरुसँग भएको छलफलमा भोर्लेमा अत्यन्तै समस्याको रुपमा रहेको खानेपानी समस्याको समाधानका लागि तत्काल प्राविधिकद्वारा ईष्टिमेट बनाई अगाडी बबढाउने प्रतिवद्धता मेयर श्रेष्ठले जनाउनुभयो । 
त्यसैगरी भोर्ले हुँदै सिरहाको धनगढी जोड्ने सडक स्तरउन्नतीका लागि बजेटको व्यवस्था गर्ने ,भोर्ले रिंगरोडको लागि प्रदेशसँग समन्वय गरी योजना बनाउने पनि मेयर श्रेष्ठले बताउनुभयो । वडाभरी धेरै समस्या रहे पनि बजेटको आकार अनुसार भ्याए सम्म गाउँ ,टोललाई सम्बोधन गरेको र त्यहाँको बाटोको लागि केही बजेट बिनियोजन गरिएको वडाध्यक्ष मोहन तामाङले बताउनुभयो ।
त्यस्तै यसअघि मेयर श्रेष्ठले वडानम्बर १०,चिप्टार गाँउको समस्याको बिषयमा स्थानियसँग छलफल गर्नु भएको थियो । छलफलका लागि स्थानीय शंकरबेल आधारभुत बिद्यालयमा राखिएको कार्यक्रममा प्रधानाध्यापक भबल बहादुर श्रेष्ठले ज्ञापन पत्र बुझाउनु भएको थियो ।
विद्यालयमा भएको खहरे भेलको जोखिम,पक्की स्कुल भवन ,गाउँमा खानेपानी समस्या सामधान गर्ने प्रतिबद्धता मेयर श्रेष्ठले जनाउनुभयो । नगरको बनोट पहाडी र समथर साथै भौगोलिक बिकटता भएकाले र वडालेनै नै वडाको समस्या प्रत्यक्ष बुभ्mने हँुदा वडाबाट नै जनताको अत्यावश्यक समस्या सामधान होस , कटारी सम्म आइरहेने झन्झट कम होस भनेर समानुपातिक ढङ्गबाट बजेट बिनियोजिन भएको र उदयपुरको अन्य नगरपालिकाको तुलनामा बढिनै बजेट वडामा गएको मेयर श्रेष्ठले बताउनुभएको थियो ।
सबै काम नगरबाट मात्र सम्भब नहुने हुँदा ठुला योजनाका लागि प्रदेश तथा संघ समक्ष पहल भईरहेको पनि उहाँले जानकारी दिनुभयो । भौगोलिक हिसाबले अन्य वडा भन्दा आप्mनो वडा सहज र सुबिधा भएता पनि पहाडी भुभागमा रहेको वडाहरुको समस्याका बिषयमा आफुहरुले पनि आवाज उठाईरहेको र कार्यपालिका बैठकमा कुरा राखेको वडानम्बर ३ का अध्यक्ष पुष्कर खडकाले बताउनुभयो । नगरवासीहरुको गुनासो सुन्ने र समाधानका लागि पहलकदमी गर्न यस्तो भेटघाट कार्यक्रमलाई निरन्तरता दिने मेयर श्रेष्ठले बताउनुभयो ।


जनता भ्वाइस 







