images
images

कटारीमा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवश मनाईयो , झोला र स्टेशनरी वितरण

जन्ताभ्वाईस सम्वाददाता
१७ मंसिर , आईतबार , २०८०
कटारी /३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवश आज कटारीमा पनि मनाईएको छ । कटारी नगरपालिकाको आयोजना र कटारी नगर अपाङ्ग संघको समन्वयमा दिवश मनाईएको हो ।
नगरपालिकाको हलमा विद्यालयमा अध्ययनरत अपाङ्गता भएका वालवालिकाहरुलाई सम्मान तथा अन्र्तकृया गर्दै उनीहरुलाई झोला र स्टेशनरी समेत वितरण गरिएको संघका अध्यक्ष दिलनारायण श्रेष्ठले बताउनुभयो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुसँग फरक र विशेष किसिमको क्षमता भएकाले त्यसको पहिचान गर्न सक्नुपर्ने बताउनुभयो ।
मेयर श्रेष्ठले शारिरिक क्षमता पूर्ण नभएपनि उनीहरुसँग केहि न केहि क्षमता भएको बताउनुभयो । ‘तपाईहरुको भित्री क्षमता समाजलाई दिन सक्ने क्षमता अझ वढी छ ।’मेयर श्रेष्ठले भन्नुभयो ।‘त्यो क्षमताको पहिचान अभिभावक , समाज र स्थानीय निकायले पनि गर्न सक्नुपर्छ । ’
त्यसैगरी विशेष अतिथि उपमेयर गिता खड्काले अपाङ्गता भएकाहरुले केहि गर्न सक्दैनौ भन्ने भावनाको त्यागेर अघि बढ्नुपर्ने बताउनुभयो । ‘तपाईहरुले पनि आप्mना विचार राख्न सक्नुहुन्छ यस्ता कार्यक्रमले झनै थप मदत पुराउँछ ।’उपमेयर खड्काले भन्नुभयो ।
त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले दिवशको शुभकामना दिंदै अपाङ्गता भएका व्यक्तिहरुको पनि समाजमा महत्व धेरै रहेको र उनीहरुले पनि अरुजस्तै योगदान दिन सक्ने बताउनुभयो । त्यसैगरी नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्यबहादुर कार्कीले मानिस कतिवेला अपाङ्ग हुन्छ भन्ने थाहा नहुनेभएकाले उनीहरुलाई दया होईन माया , हौसला दिनुपर्ने बताउनुभयो ।
संघका उपाध्यक्ष शुरेस मगरका अनुसार २०७८ को जनगणनाको नतिजा अनुसार कटारी नगरपािलकाको ५९ हजार ५ सय ७ जनसंख्यामा एकहजार ४ सय ४१ अर्थात २ दशमलव ४२ प्रतिशत अपाङ्गता भएकाहरुको जनसंख्या रहेको बताउनुभयो । स्थानीय सरकारले सीपमुलक तालिम , अवसर र मौका दिए आफुहरुले मेहनत गर्ने उहाँको भनाई थियो ।
कार्यक्रमको अवसरमा २६ जनालाई मेयर श्रेष्ठ , उपमेयर खड्का र वडाध्यक्ष खड्काको हातबाट झोला र स्टेशनरी वितरण गरिएको संघका सचिव नवल खड्काले जानकारी दिनुभयो ।