जन्ताभ्वाईस सम्वाददाता
१५ मंसिर , शुक्रबार , २०८०
घुर्मी (कटारी) /प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै आएको् प्रदेश नम्बर १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले प्रदेशको पश्चिमी नाका कटारी , १४ को घुर्मीदेखि पाँचथरको चिवाभञ्ज्यांगसम्मको पहिचानबादी जागरण अभियानको विहिबार सुरुवात गरेको छ । यस अघि प्रदेश राजधानी विराटनगर , साथै ईटहरी ,काठमाडौं तथा प्रदेशका विभिन्न जिल्लामा जारी आन्दोलनसँगै घुर्मी बजारमा एक कार्यक्रम गरी जागरण अभियान सुरु गरिएको हो ।
पहिचानवादीहरुले यसलाई घुर्मी–चिवाभञ्ज्यांग जागरण अभियान २०८० भनेका छन् । समितिका संयोजक डकेन्द्रसिंथ थेगिमको अध्यक्षतामा सुरु भएको अभियान उदघाटन कार्यक्रममा वोल्दै अभियन्ता तथा पूर्व मन्त्री समेत रहनुभएका गोपाल किरातीले अभियान अन्र्तगतको कार्यक्रमहरु सार्वजनिक गर्नुभयो ।
किरातीका अनुसार घुर्मी चिवाभञ्ज्यांग लोकमार्ग अन्र्तगतका गाउँसहरहरुमा भेटघाट , व्यानर , पम्प्लेट , संघर्ष समिति गठन , पुनर्गठन तथा प्रशिक्षण संञ्चालन गरिनेछ । त्यसैगरी आगामी मंसिर २५ गतेदेखि लागुनहुनेगरी अनिष्चितकालिन घुर्मी लेगुवा मध्यपहाडी लोकमार्ग वन्द आव्हान गर्ने , वन्द कार्यन्वयन गर्न २४ गते विभिन्न स्थानमा जनप्रदर्शन गर्ने , तयारी गरिनेछ । जसका लागि घुर्मी लेगुवा संयोजक भीम राई र लेगुवा चिवाभञ्ज्याँगको जिम्मेवारी विराज आङ्गदेम्बेलाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी कार्यक्रमकै अवसरमा कटारी ओखलढुंगा सडकखण्डलाई तत्कालिन कार्यवाहक प्रधानमन्त्री बलबहादुर राई मार्ग घोषणा समेत गरिएको थियो । कवि सिंद्धिचरणको नाममा राखिएको मार्ग निर्माणका लागि राईको योगदान स्वरुप यो माग राखिएको किरातीले बताउनुभयो । कवि श्रेष्ठको सम्मानका लागि ओखलढुंगामा स्थानीय तहको नाम सिद्धिचरण राखिएकाले यो मार्गको नाम राईको नाममा राख्नुपर्ने पहिचानबादीहरुको माग छ ।
पहिचानवादी नेता किरातीले कोशी नाम जर्वजस्ति राख्ने र पहिचानवादीलाई आतकंकारी भन्ने लगायतका कृयाकलाप वन्द गर्दै पहिचानका आधारमा नाम संविधान अनुसारको माग रहेकाले यसलाई समर्थन गर्न एमाले अध्यक्ष ओली लगायतलाई आग्रह गर्नुभयो । एमालेको महाकाली मेची अभियान अन्र्तगत भईरहेको कार्यक्रम अन्र्तगत घुर्मीमा गर्ने भनिएको कार्यक्रम लाशमाथि टेकेर गर्ने अवस्था आउने बताउनुभयो ।
कार्यक्रममा संघर्ष समिति अन्र्तगत सोलुखुम्बु , ओखलढुंगा , खोटाङ्ग , उदयपुर , भोजपुरका जिल्ला संयोजकहरुले जिल्लामा अभियान शसक्त बनाउने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता जनाउँदै खोटाङ्गका निर्मल राईले एमालेको अभियानलाई ईकिंत गर्दै सुनकोशीलाई साक्षी राखेर यलम्बर रेखा कोरेर लड्न तयार रहेको बताउँदै लाश हुन तयार रहेको बताउनुभयो ।
राईले पहिचानवादी नाममा गरिखाने भाँडो नबनाउन पनि यायोक्खाका नेताहरुलाई चेतावनी दिनुभयो । त्यसैगरी उदयपुरका संयोजक गंगा राईले सभ्यतालाई कसैले नामेट पार्न खोज्छ भने हजारौं सहिद हुन तयार रहेको बताउनुभयो । कार्यक्रममा वोल्दै पशुपति नाथका प्रथम भट्ट डा.विष्णु दाहालले पहिचानको आधारमा नामको आन्दोलनमा आफु सहमत रहेको बताउँदै किरात सभ्यता सवैभन्दा पुरानो रहेको बताउनुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीको किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष राकेश राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निकी शेर्पा, लगायतले बोलेका थिए ।
कार्यक्रममा पहिचानवादी कवि भद्रगोल किरातीले कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सुरु हुनु अघि उदयपुर , ओखलढुंगा , खोटाङ्ग लगायतका जिल्लाहरुबाट आएकाहरुले घुर्मी बजारमा र्याली प्रदशर्न गरेका थिए ।


जनता भ्वाइस 







