जन्ताभ्वाईस सम्वाददाता
११ मंसिर , सोमबार , २०८०
कटारी/ सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैया कटारी सडक खण्डमा पर्ने कटारी , ३ स्थित हडैयामा रहेको च्याँगा खोलाको खहरेमा पुल निर्माण सुरु भएको ८ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन् । पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएको पुल हस्तान्तरण नै नगरी चर्किन भत्किन थालेको छ ।
राजेन्द्र गलवा जगदम्बा जेभीले ८ करोड बढीमा ठेक्का लिएर काम गरिरहेको पुल गुणस्तरहिन भएको भन्दै स्थानीयले पटक पटक गुनासो गर्ने गरेका छन् । स्थानीयको गुनासोसँगै पुलको अनुगमन गर्न सोमबार यस क्षेत्रका प्रतिनिधि सभाका सदस्य संसद अम्बरबहादुर रायमाझी आईपुग्नुभएको थियो ।
पुल निर्माणमा लापर्वाही भएका भन्दै निर्माण कार्य तत्काल अघि बढाउन संसद रायमाझीले सडक डिभिजन कार्यालय लहानका ईन्जिनियर संञ्जिव दासलाई निर्देशन दिनुभयो । सडक डिभिजन कार्यालय लहान अन्र्तगत निर्माण भएको पुलको जेभी मार्पmत रमण साहले गरिरहेका थिए ।
पुलको सम्झौता म्याद सकिएको एक वर्ष हुन लागेको र ठेकेदार सम्पर्क विहिन भएको ईन्जिनियर ंसंञ्जिव दासले बताउनुभयो । ईन्जिनियर दासका अनुसार पुल अलपत्र पारेर सम्पर्क विहिन भए ठेक्का रद्द गर्ने सम्मको कार्वाही हुनेछ । पुल लामो समय अलपत्र पारेको , निर्माण नसकिंदै भत्किएको तथा गुणस्तरहिन काम भएको भन्दै स्थानीय तुरुन्त ठेक्का तोड्नुपर्ने माग राखेका छन् ।
पुल भत्किन थालेपछी आउजाउमै समस्या भएको छ । एकातर्पm पुल निर्माण लापर्वाही र अर्का तर्पm ठेकेदार वेपत्ता भएपछी स्थानीयले ठेक्का तोड्न माग गरेका छन् । तत्काल काम थाल्ने र यसको जिम्मेवार सडक डिभिजन कार्यालयले लिनुपर्ने स्थानीयले बताएका छन् । यसको समस्या समाधान नभएर स्थानीय समस्यामा परेको वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो ।


जनता भ्वाइस 







