जन्ताभ्वाईस सम्वाददाता
१० मंसिर , आईतबार , २०८०
कटारी /कटारीमा पनि ३२ औं अन्र्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको अभियान विविध कार्यक्रम गरी मनाईदैछ । नोभेम्बर २५देखि डिसेम्बर १० सम्म अर्थात यहि मंसिर ९ देखि २४ गतेसम्म मनाईने अभियानलाई कटारी नगरपालिकाले ईलाका प्रहरी कार्यालय कटारीको सहयोगमा विविध कार्यक्रम गरी मनाउने भएको हो ।
लैंगिक हिंसा विरुद्धको अन्त्यको सुनिष्चितता , महिला बालबालिकामा लगानीको एकेवद्धता भन्ने मुल नारा र घरैबाट सुरु गरौं महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ अभियानमा विविध कार्यक्रम गरी मनाईने नगरपालिकाका उपमेयर गिता खड्काले बताउनुभयो ।
कटारीमा अभियान अन्र्तगत आईतबार हिंसा अन्त्यको संकेत सहित सेतो रिवनको ब्याज वितरण गरिएको छ भने सूचनाहरु प्रवाह गरिएको छ । त्यसैगरी कार्यक्रम अन्र्तगत कक्षा ९ र १० का विद्यार्थीहरुसँग लैंगिक हिंसा विषयमा अन्र्तकृया गरिनेछ ।
त्यस्तै विश्व अपांग दिवशको अवसरमा कार्यक्रम संञ्चालन गर्ने , आगामी १८ गते ११ नम्बर वडामा अपांग शिविर संञ्चालन , १९ गते नगरपालिकामा अपांग शिविर संञ्चालन गर्ने , भोर्ले स्कूलमा साईबर अपराध तथा वालविवाह नियन्त्रणका लागि चेतनामुलक कार्यक्रम गर्ने पनि तय भएको छ ।
त्यसैगरी वडा नम्बर ६ र ७ मा हिंसा प्रभावितहसँग अन्र्तकृया र वडा नम्बर ३ , ४ र ५ का जनप्रतितिनिधिहरुसँग अन्र्तकृया गर्ने कार्यक्रम तय भएको पनि उपमेयर खड्काले जानकारी दिनुभयो ।


जनता भ्वाइस 







