जन्ताभ्वाईस सम्वाददाता
९ मंसिर , शनिबार , २०८०
कटारी / कटारीमा प्रथम वडास्तरीय सितोरियो कराते प्रतियोगिता आज सम्पन्न भएको छ । कटारी , ३ को हडैया डोजोको आयोजना र वडा नम्बर ३ को कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा ४ स्वर्ण सहित कटारी वडा नम्बर ४ को टिम प्रथम , ३ स्वर्ण सहित वडा नम्बर ५ दोस्रो र ३ स्वर्ण सहित वडा नम्बर १४ ले तेस्रो स्थान हासिल गरेको थियो । प्रतियोगिता संयोजक ज्योतिहांग राईका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिला तर्पm वडा नम्बर ५ का अनुष्का राई र पुरुष तर्पm वडा नम्बर १४ का शुसान्त मगर घोषित भए ।
त्यसैगरी उदयमान खेलाडीमा कटारी ३ का आयुष राई घोषित भए । पुरष्कृत खेलाडी र टिमलाई समापन समारोहका प्रमुख अतिथि कटारी नगरपालिकाका उपमेयर गिता खड्का र विशेष अतिथि वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले पुरष्कार वितरण गरेका थिए ।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि उपमेयर गिता खड्काले खेलले महिलाहरुलाई अझ बलियो बनाउनेर महिला हिंसामा कम गर्न सहयोग सहयोग पुराउने बताउनुभयो । खेललाई नगरले प्राथमिकतामा राखेको पनि उपमेयर खड्काले बताउनुभयो ।
त्यसैगरी विषिष्ट अतिथि वडाध्यक्ष खड्काले वडाले कराँतेलाई आगामी दिनमा पनि बजेट छुट्याउने बताउनुभयो । त्यसैगरी वडा नम्बर ८ का अध्यक्ष नविन्द्र तामाङ्गले यस खेलकुदले वालवालिकाहरुलाई अनुशासनमा रहन सिकाउने बताउनुभयो ।
प्रशिक्षक चरिमान लामाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापनमा वोल्दै प्रशिक्षक शन्देस मगरले प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य युवराज अधिकारी , भगवती दनुवार , तेक्वान्दो करातेका उदयपुर अध्यक्ष शंकरसिंह राजपुत लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।


जनता भ्वाइस 








