जन्ताभ्वाईस सम्वाददाता
मंसीर ८ , शुक्रबार , २०८०
कटारी / ताप्ली गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रामिक बापतको रकम जाजरकोट र रुकुमका भुकम्प पिडितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विहिबार सम्पन्न कार्यपालिकाको बैठकले जनप्रतिनिधिको १० दिनको पारिश्रामिक तथा कर्मचारी, शिक्षक लगायत पालिका मातहतका कर्मचारीहरुको १ दिनको तलब भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष धनम मगरले जानकारी दिनु भयो । जाजरकोट र रुकुम केन्द्र विन्दु बनाई कात्तिक १७ गते गएको भुकम्पको कारण घरबार विहिन हुनु परेको जाजरकोट र रुकुमको नागरिकलाई सहयोग पुर्याउनको लागि आफुहरुले सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताउनुभयो ।


जनता भ्वाइस 








