images
images

दुर्गा प्रसाईको आन्दोलनमा उदयपुरबाट तीनसयको सहभागीता

जन्ताभ्वाईस सम्वाददाता
मंसिर , ८ , शुक्रबार , २०८०
कटारी/ बिहिबारदेखि काठमाडौंमा जारी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बजाउ अभियानको आन्दोलनका क्रममा उदयपुरबाट तीनसय बढीको सहभागीता रहेको अनुमान गरिएको छ । जसमा सवैभन्दा बढी जिल्लाको कटारीबाट सहभागी भएको केन्द्रीय अभियन्ता विजय थापाले बताउनुभयो ।
प्रसाईको आन्दोलनमा समर्थन जनाउँदै उदयपुरबाट विभिन्न व्यक्तिहरु स्वतस्पूmर्त सहभागी भईरहेको अभियानका उदयपुर संयोजक निशान राईले जानकारी दिनुभयो । केन्द्रीय अभियन्ता थापाका अनुसार शुक्रबार दिउँसो तीनकुनेमा प्रदशर्न गर्ने क्रममा कटारीका सुदर्शन पौडेललाई प्रहरीले गिरप्mतार गरेको छ । पौडेलसँगै जिल्लाका अन्य दुईलाई पनि पक्राउ गरेको भएपनि उनीहरुको बारेमा जानकारी लिने क्रम जारी रहेको पनि अभियन्ता थापाले बताउनुभयो ।
बुधबार कटारीबाट हिंडेको टोलीसँगै अन्य त्यसअघि र अहिले पनि अभियानमा जोडिएर आन्दोलन गर्न उदयपुरबाट विभिन्न व्यक्तिहरु सम्पर्कमा रहेको जिल्ला संयोजक राईले बताउनुभयो । प्रसाई नेतृत्वको अभियानलाई सफल बनाउन भन्दै जिल्लाबाट सहभागीता बढ्दै गएको पनि केन्द्रीय अभियन्ता थापाले बताउनुभयो ।