जन्ताभ्वाईस सम्वाददाता
३ मसिंर , आईतबार , २०८०
कटारी / छठ पर्वको मुख्य दिन आज, सूर्यको आराधना, उपासना र पूजा गरी कटारीमा पनि उल्लासपूर्वक मनाइँदैछ । कटारीको तावा खोला पुलको पूर्व खोला किनारमा विगतमा जस्तै छठको उल्लास छ । त्यहाँ व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दैछन् ।
कटारीमा यस वर्ष छठको व्यवस्थापन मिथिला सेवा समाजले गरेको छ । समाजका अध्यक्ष सुरेन्द्र जयसवालका अनुसार सयबढी परिवार तावाखोलाको घाटमा छठका लागि व्रत वसिरहेका छन् । कटारीमा पहाडे समुदायमा पनि यो पर्वको आकर्षण बढ्दो छ ।
२५ भन्दा बढी पहाडे समुदायले घाटमा व्रत वसेको समाजका अध्यक्ष जयसवाल बताउँछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाईएको छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।


जनता भ्वाइस 




















