images
images

ज्योती विकास वैंक कटारीद्वारा जनप्रेमी माविलाई खेलकुद सामाग्री सहयोग

जन्ताभ्वाईस सम्वाददाता
२५ कार्तिक , शनिबार , २०८०
कटारी / ज्योती विकास वैंक कटारी शाखाले जनप्रेमी मावि कटारी , ७ रिस्कूलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।वैंकको हाम्रो विकास प्रवद्धृन कोष मार्पmत एक लाख १० हजार बराबरको खेलकुद सामाग्री विद्यालयलाई सहयोग गरेको हो ।
विद्यालयका लागि घुम्ने पिङ्ग एकथान , चाकाचुली एक थान , चिप्लेटी एकथान सहयोग गरेको विद्यालयका प्रधानाध्यापक डोमिला धमलाले जानकारी दिनुभयो । वैंकको सामाजिक उत्तरदायित्व अनुसार यस्तो कार्य गर्दै आएको वताउँदै वैंकका शाखा प्रमुख राम आचार्यले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक धमलाले यस्ता सामाग्रीहरुले वालवालिकाहरुलाई विद्यालय आउन प्रोत्साहन गर्ने भएकाले वैंकलाई धन्यवाद दिनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका सामाजिक विकास शाखा संयोजक तथा वडाध्यक्ष सुविन ढुंगाना , विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कवीर दनुवार , शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।