images
images

प्रथम कटारी भेट्रान्स कप फुटबल उपाधिका लागि धरान र झापाले प्रतिष्पर्धा गर्ने

जन्ताभ्वाईस सम्वाददाता
२३ कार्तिक , विहिबार , २०८०
कटारी / कटारी नगरपालिकामा जारी प्रथम कटारी भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र झापा भेट्रान्सले प्रतिष्पर्धा गर्ने भएका छन् । बिहिबार दोस्रो सेमी फाईनलमा आयोजक कटारी टाईगर भेट्रान्सलाई २ का विरुद्ध ७ गोलको फराकिलो अन्तर सहित झापाले शुक्रबार हुने फाईनलका लागि स्थान सुरक्षित गरेको हो ।
खेलको म्यान अफ द म्याच झापामा निर्मल तामाङ्ग घोषित भए । उनलाई म्यान अफ द म्याचका प्रायोजक आस्था मेडिको कटारीका धनबहादुर मगरले नगद १ हजार ५ सय पुरष्कार प्रदान गर्नुभयो ।यस अघि धरानले बुधबार पहिलो सेमीफाईनलमा वस्तिपुरलाई २ का विरुद्ध ५ गोल गर्दै फाईनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताको विजेताले नगद ६१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेताले नगद ४१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने आयोजक कटारी टाईगर भेट्रान्सका अध्यक्ष दिपक राईले बताउनुभयो ।