images
images

दुधौलीमा दुर्गा प्रसाई नेतृत्वको महाअभियानद्वारा कार्यक्रम सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२३ कार्तिक , विहिबार , २०८०
कटारी/ दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता , धर्म संस्कृति र नागरिक बचाउ महाअभियान सिन्धुलीले विहिबार दुधौलीमा विविध कार्यक्रम सम्पन्न गरेको छ । आत्महत्या नगरौं , घरगाउँ छोडेर नभागौ , वैंक वित्तीय संस्था र मिटर व्याज पीडित एक हौं भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।
सरोज नायकको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाअभियानका केन्द्रिय अभियन्ता विजयसिंह थापा , उदयपुर अभियन्ता निशान राई , सिन्धुलीका अभियन्ता ब्रह्मबहादुर विश्वकर्मा , प्रमोद गुरुङ्ग लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा वोल्दै अभियन्ता विजय थापाले प्रसाई नेतृत्वको आगामी मसिंर ७ मा काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुन सवैलाई आग्रह गर्नुभएको थियो ।
वैंक , लघुवीत्तले पीडित वनाईरहेको अवस्थामा एमालेले वैंक र लघुवीत्तलाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यसैगरी उदयपुर अभियन्ता निशान राईले आप्mनो अभियान भनेको वैंक , लघुवीत्त पीडितहरुको लागि भएको बताउनुभयो ।
कार्यक्रममा कलाकार रोशन मगर लगायतका कलाकारहरुले सडक नाटक तथा नृत्यहरु प्रस्तुत गरेका थिए । आप्mनो कार्यक्रम साँस्कृतिक विद्रोह भएको वक्ताहरुले बताएका थिए । कार्यक्रममा लघवीत्त पीडितहरुले आप्mनो वचत समेत लघवीत्तले फिर्ता नदिएको बताएका थिए । अभियानले विभिन्न नारा सहित दुधौली बजार समेत परिक्रमा गरेको थियो ।