जन्ताभ्वाईस सम्वाददाता
कार्तिक , २२ , बुधबार , २०८०
कटारी / त्रिवेणी मावि कटारी , ४ का कृषि प्राविधिक धार तर्पm अध्ययनरत विद्यार्थीहरुले उत्पादन गरेका सयपत्री फुलको पहिलो चरणमा फुलेर तयार भएका फुल टिपेर चिस्यान केन्द्रमा राखिएको छ । यस पटक तिहार अभैm एकसाता ढिला भएका कारण फुल उत्पादन भईसकेको र उक्तफुलहरु चिस्यान केन्द्रमा सुरक्षितका साथ राखिएको हो ।
कटारी नगरपालिकाले कटारी ४ मै रहेको चिस्यान केन्द्र संञ्चालमा रहेकाले उक्त केन्द्रमा विद्यार्थीहरुले फुल टिपेर राखेका हुन । विद्यार्थीहरुले विद्यालय परिसरमै ६ कट्ठाबढीमा फुल खेति गरेका छन् । फुललाई जस्ताको त्यस्तै राख्न टिपेर चिस्यान केन्द्रमा राखिएको विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले बताउनुभयो ।
यसै वीच कटारी नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका भित्र प्लाष्टिकजन्य फुलगुच्छा तथा माला प्रयोग नगर्न नगराउन अनुरोध गरेको छ । नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ हस्ताक्षरित सूचना जारी गर्दै नगरपालिकाले नजिकिएको चाड तिहार छठ तथा महोत्सव समारोहहरुमा प्लाष्टिकजन्य सामाग्रीहरु प्रयोग , उत्पादन विक्री वितरण भण्डारण नगर्न नगराउन आग्रह गरेको हो ।
यसले ठूलो धनराशी वाहिरिनुका साथै वातावरणीय प्रदुषण समेत वढ्ने भएकाले त्रिवेणी माविमा उत्पादन भएका फुल तथा विभिन्न स्थानमा फुलेका प्राकृतिक फुलहरु प्रयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।


जनता भ्वाइस 








