जन्ताभ्वाईस सम्वाददाता
कार्तिक , २२ , बुधबार , २०८०
कटारी / कटारीमा वन वन्यजन्तु र जैविक विविधता सम्बन्धि एकदिने अभिमूखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल लोककल्याण संघ (स्वान नेपाल)को आयोजनामा अभिमूखिकरण सम्पन्न भएको हो । कार्यक्रममा वन वन्यजन्तु र जैविक विविधिता सम्बन्धि विशेषज्ञ रमेशकुमार यादवले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा कटारी वडा नम्बर ५ का सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु , शिक्षक शिक्षिकाहरु , वालक्लवका पदाधिकारीहरु र आमा समूहका पदाधिकारीहरु सहभागी भएको स्वान नेपालका उदयपुर फिल्ड संयोजक श्याम माझीले बताउनुभयो । कार्यक्रममा विशेषज्ञ यादवले सिमसारको महत्वका बारेमा जानकारी दिंदै जलवायु परिवर्तन र यसको असरका बारेमा पनि जानकारी गराउनुभएको थियो । 
स्वान नेपालका कार्यक्रम संयोजक कल्पना कार्कीका अनुसार स्वानले कटारी नगरपालिका भित्र शिक्षा र खानेपानी सम्बन्धि कार्यक्रम गरिरहेको छ । त्यसैगरी संस्थाले पर्यटन तथा जैविक विविधताका विषयमा पनि काम गर्ने भएकाले अभिमूखिकरण कार्यक्रम राखेको पनि संयोजक कार्कीले बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का सहायक वन अधिकृत हिरालाल शर्मा लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा २५ जनाले सहमागिता जनाएको संयोजक माझीले बताउनुभयो ।


जनता भ्वाइस 







