images
images

ईनामे काठमाडौं वस सेवा सुरु

जन्ताभ्वाईस सम्वाददाता
कार्तिक २२ , बुधबार , २०८०
कटारी / उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ३ बाट वेतेनी , कटारीहुँदै काठमाडौं आउजाउ सुरुवात भएको छ । बुधबारदेखि ईनामे , निगालबास , ताप्ली , चिसापानी , नारिमाला , जोरढुंगा , साईडाँडा , बेतेनी , कटारीदेखि राजधानी आउजाउ गर्न यात्रुबाहक वस संञ्चालनमा आएको हो । नमस्ते रुपाटार वस सेवा गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्मा , उपाध्यक्ष धना मगर लगायतले उदघाटन गरेका थिए ।वस सेवा संञ्चालनमा आएसँगै जिल्लाको पहाडी ग्रामिण भेगका यात्रुहरुलाई काठमाडौ आउजाउ गर्न सहज हुने भएको छ ।