जन्ताभ्वाईस सम्वाददाता
२२ कार्तिक , बुधबार , २०८०
कटारी/ कटारी नगरपालिकामा जारी प्रथम कटारी भेट्रान्स कप फुटबल प्रतियोगितामा धरान भेट्रान्स फाईनलमा प्रवेश गरेको छ । बुधबारको पहिलो सेमी फाईनलमा वस्तिपुर भेट्रान्सलाई २ का विरुद्ध ५ गोल गर्दै धरानले फाईनलमा आप्mनो स्थान सुरक्षित गरेको हो ।
खेलको म्यान अफ द म्याच धरानका तिर्थराज मगर घोषित भए । उनलाई म्यान अफ द म्याचका प्रायोजक आस्था मेडिको कटारीका धनबहादुर मगरले नगद १ हजार ५ सय पुरष्कार प्रदान गर्नुभयो ।
आगामी २४ गते सकिने प्रतियोगिताको विजेताले नगद ६१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेताले नगद ४१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने आयोजक कटारी टाईगर भेट्रान्सका अध्यक्ष दिपक राईले बताउनुभयो ।
विहिबार हुने दोस्रो सेमी फाईनल खेल कटारी भेट्रान्स र झापा भेट्रान्सवीच हुनेछ । दुईटिमको विजेतासँग धरानले फाईनलमा उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएको छ ।


जनता भ्वाइस 








