images
images

प्रथम कटारी भेट्रान्स कप फुटबलमा झापा विजयी

जन्ताभ्वाईस सम्वाददाता
२१ कार्तिक , मंगलबार , २०८०
कटारी/ कटारी नगरपालिकामा जारी प्रथम कटारी भेट्रान्स कप फुटबल प्रतियोगिताको मंगलबारको खेलमा झापा भेट्रान्स विजयी भएको छ । सिमरा भेट्रान्सलाई टाईपव्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै झापाले जित निकालेको हो ।खेल अवधिमा एक एक गोलको बराबरीभएपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो । खेलको म्यान अफ द म्याच झापाका गोल रक्षक सुनिल तामाङ्ग घोषित भए ।उनलाई म्यान अफ द म्याचका प्रायोजक आस्था मेडिको कटारीका धनबहादुर मगरले नगद पुरष्कार प्रदान गर्नुभयो ।आगामी २४ गते सकिने प्रतियोगिताको विजेताले नगद ६१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेताले नगद ४१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने आयोजक कटारी टाईगर भेट्रान्सका अध्यक्ष दिपक राईले बताउनुभयो ।