images
images

कटारी भेट्रान्स कप फुटबलमा लहानलाई हराउँदै धरान विजयी

जन्ताभ्वाईस सम्वाददाता
२० कार्तिक , सोमबार , २०८०
कटारी / कटारी नगरपालिकामा शनिबार देखि जारी चालिस वर्ष माथिका पुरुष खेलाडीहरुको प्रथम कटारी भेट्रान्स कप फुटबल प्रतियोगिता ,२०८० को सोमबारको खेलमा धरान भेट्रान्स विजयी भएको छ । लहान भेट्रान्सलाई० का विरुद्ध १ गोल गर्दै धरानले जित निकालेको हो ।
खेलको अन्तिम समयमा पाएको फ्री किकलाई धरानका जनक राई सुनुवारले गोलमा परिणत गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा उक्त गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच धरानका सचिन राई घोषित भए । उनलाई म्यान अफ द म्याचका प्रायोजक आस्था मेडिको कटारीका धनबहादुर मगरले नगद पुरष्कार प्रदान गर्नुभयो ।
आगामी २४ गते सकिने प्रतियोगिताको विजेताले नगद ६१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेताले नगद ४१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने आयोजक कटारी टाईगर भेट्रान्सका अध्यक्ष दिपक राईले बताउनुभयो ।
प्रतियोगितामा हरिवन , वस्तिपुरका साथै आयोजक कटारी भेट्रान्स , धनुषा भेट्रान्स धनुषा , लखनपुर भेट्रान्स झापा , सिमरा भेट्रान्स बारा , लहान भेट्रान्स सिरहा र धरान भेट्रान्स सुनसरी सहभागी छन् ।