जन्ताभ्वाईस सम्वाददाता
२० कार्तिक , सोमबार , २०८०
कटारी / उज्यालोको पर्व तिहारको नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका वडा नम्बर ७ मर्जेतपुरका मोहनसिंह तामाङ्गको घरमा झिलिमिलि वत्ती वलेको छ । नेपाल विद्युत प्राधिकरणको कटारी शाखाबाट विद्युतको मूख्य प्रशारण लाईनबाट तामाङ्गको घरमा विजुली जडान भएको हो ।
तामाङ्गको घरमा विजुली वाल्नका लागि तामाङ्गनै उपभोक्ता सदस्य भएको सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारी , ७ ले व्यवस्था मिलाएको हो । ‘समूहले कालोतार र मिटरवक्स जडान गरिदिएको हो । ’ तामाङ्गले भने , ‘समूहको सहयोग पाएपछी घरमा विजुली जोडियो ।’
यसअघि सोलारको मधुरो उज्यालो छाडेर तामाङ्ग लगायतका १ सय घरमा समूहको सहयोगमा विजुली वलेको छ । समूहको सहयोगले बत्ती वाल्न पाउँदा राहत मिलेको अर्का स्थानीय रामलाल तामाङ्गका ले बताए ।
गाउँमा बत्ती वाल्न समूहले प्रशारण लाईनसम्म जोड्ने कालो तार र मिटरवक्स खरिद गरि सहयोग गरेको समूहका सचिव कर्णबहादुर तामाङ्गले बताए । ‘समूहले आमभेलाबाट निर्णय गराएर गाउँमा विजुली वाल्दै आएको छौं ।’सचिव तामाङ्गले , भने , ‘विजुली वाल्ने जडान गर्ने कार्य यस वर्ष पनि जारी छ ।’
समूहका अध्यक्ष खड्गबहादुर तामाङ्गका अनुसार हालसम्म विजुलीका लागि समूहले ८ लाख माथि खर्च गरिसकेको छ । गाउँका सबै उपभोक्ताहरुको घर उज्यालो पार्न समूहले विजुली जडानको काम गरिरहेको छ ।
आमभेलाको निर्णयसँगै डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)को सिफारिसमा समूहले गाउँमा विजली वाल्ने कार्यक्रममा सहयोग गर्दै आएको पनि अध्यक्ष तामाङ्गले बताए । कटारी नगरपालिकाको उत्तरपूर्वी वडाको पहाडी भेगमा रहेको उक्त गाउँमा विजुली नपुग्दा स्थानीयले सोलार , टुकी बाल्दै आएका थिए ।
विजुली पुगेसँगै वन समूहले विजुली वाल्नका लागि कार्यक्रम निर्माण गरी सहयोग गरेको हो । गाउँमा विजुली जडान भएपछी तिहारसँगै घरघरमा झिलिमिली वत्ती वालिएपछी अहिले गाउँ नै .उज्यालो भएको स्थानीय सोमबहादुर तामाङ्गले बताए ।


जनता भ्वाइस 







