images
images

त्रिवेणी माविका विद्यार्थीले उत्पादन गरेको सयपत्री फुलको बजार प्रवद्धृनमा सहयोग गर्न माग

जन्ताभ्वाईस सम्वाददाता
१९ कार्तिक , आईतबार , २०८०
कटारी /श्री त्रिवेणी मावि कटारी ४ मा कृषि प्राविधिक धार तर्पmका विद्यार्थीहरुले उत्पादन गरेका सयपत्री फुललाई वजार प्रवद्धृन गर्न सरोकारवालाहरुसँग माग गरेका छन् । आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी सयपत्री फुलको बजारीकरण र प्रवद्धृन गर्न सरोकारवालाहरुलाई आग्रह गरेको हो ।
कार्यक्रमा प्रतिनिधि सभा सदस्य अमरबहादुर रायमाझी , कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष सुविन ढुंगाना , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले उत्पादन भएपनि सवै बजारमा खपत नहुने चिन्ता बढेको बताउनुभयो । विद्यार्थीहरुले गत वर्ष पनि उत्पादन भएको सवै फुलले बजार नपाएको भन्दै यस वर्ष झनै धेरै उत्पादन भएकाले चिन्ता बढेको बताउनुभयो ।
विद्यार्थीहरुले उत्पादन गरेको फुललाई तिहारमा सवैसम्म पुराउनुपर्ने प्रधानाध्यापक कार्कीको भनाई थियो । नगरपालिकाले भारतिय फुललाई नगरमा प्रवेश गर्न नदिई स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको विद्यार्थी विवश लामिछानेले बताउनुभयो । यस वर्ष कटारी र गाईघाटमा विद्यार्थीहरुले फुल खेति गरिरहेका छन् ।