images
images

प्रथम कटारी भेट्रान्स कप , धनुषालाई हराउँदै आयोजक कटारी भेट्रान्स विजयी

जन्ताभ्वाईस सम्वाददाता
१९ कार्तिक , आईतबार , २०८०
कटारी / कटारी नगरपालिकामा शनिबार देखि जारी चालिस वर्ष माथिका पुरुष खेलाडीहरुको प्रथम कटारी भेट्रान्स कप फुटबल प्रतियोगिता ,२०८० को आईतबारको खेलमा आयोजक कटारी टाईगर भेट्रान्स विजयी भएको छ । धनुषा भेट्रान्सलाई २ का विरुद्ध ३ गोल गर्दै आयोजक कटारीले जित निकालेको हो ।
खेलमा कटारीका लागि कृष्ण क्याप्छाकी मगरले २ र आईतबीर माझीले एक गोल गरेका थिए । त्यसैगरी धनुषाका लागि सन्तोष सिंहले २ गोल गरे । खेलको म्यान अफ द म्याच धनुषाका सन्तोष सिंह घोषित भए । उनलाई म्यान अफ द म्याचका प्रायोजक आस्था मेडिकोका धनबहादुर मगरले नगद पुरष्कार प्रदान गर्नुभयो ।
आगामी २४ गते सकिने प्रतियोगिताको विजेताले नगद ६१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेताले नगद ४१ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने आयोजक कटारी टाईगर भेट्रान्सका अध्यक्ष दिपक राईले बताउनुभयो ।
प्रतियोगितामा हरिवन , वस्तिपुरका साथै आयोजक कटारी भेट्रान्स , धनुषा भेट्रान्स धनुषा , लखनपुर भेट्रान्स झापा , सिमरा भेट्रान्स बारा , लहान भेट्रान्स सिरहा र धरान भेट्रान्स सुनसरी सहभागी छन् ।