images
images

दसैंमा भाईरल रोड चिटिक्क सजाउँदै च्याँगाका युवाहरु

जन्ताभ्वाईस सम्वाददाता
४ कार्तिक , शनिबार , २०८०
कटारी / वडा दसैं सुरुभएसँगै यस वर्ष पनि कटारी नगरपालिका वडा नम्बर ३ , च्याँगाका युवाहरुले गाउँ आउने सडक चिटिक्क शृङ्गारेका छन् । सिद्धिचरण राजमार्ग सडकको ताराघारीबाट ३ किलोमिटर दक्षिणमा रहेको च्याँगा गाउ जाने सडक च्याँगा फुटबल क्लवका युवाहरुले चिटिक्क बनाएका हुन्
वर्षैभरी आन्तरिक तथा वाह््य पर्यटकहरु समेत आउने ‘भाईरल रोड ’ले परिचित सडकको सरसफाई गरी आसपासका रुखहरुमा रंग लगाएर सडक चिटिक्क पारिएको क्लवका कोषाध्यक्ष ओमराज राईले बताउनुभयो । ‘वर्षैभरी मानिसहरु फोटो खिच्न , टिकटक बनाउन , भिडियो खिच्न , घुम्न यहाँ मानिसहरु आउँछन् ।’राईले भन्नुभयो , ‘दसैंमा थप मानिसहरु आउन भएकाले यसलाई चिटिक्क पार्ने गरेका छौं ।’
सडक आसपास रंगरोगन गर्न यस पटक वडा नम्बर ३ को कार्यालयले समेत सहयोग गरेको छ । विगतमा युवाहरु आपैmले यसको रंगरोगन गर्दै आईरहेका थिए । ‘यो सडक वडाको गहना मात्रै नभएर पर्यटकीय गन्तब्य समेत हो । ’वडायक्ष पुष्कर खड्काले भन्नुभयो , ‘वडामा घुम्न आउने आन्तरिक पर्यटकका लागि यो राम्रो गन्तब्य वन्दै गएको छ । ’
यहाँ कटारी आसपासका साथै सिन्धुलीको दुधौली तथा मधेस प्रदेशबाट समेत घुम्न आउने गरेको स्थानीय बताउँछन् । यस सडकलाई थप पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको क्लवका सल्लाहाकार यज्ञकुमार राईले बताउनुभयो ।
चारैतिर हरियाली सडकवीचमा तीनवर्ष अघि शहरी विकास मन्त्रालय अन्र्तगत च्याँगा रिंगरोड कालोपत्रे सडक खण्डको निर्माण भएपछी यसको आकर्षण बढेको हो । मन्त्रालयबाट नगरपालिकाहुँदै च्याँगा रिंगरोडको काम सुरुभएसँगै पहिलो वर्षमा नै यस खण्डमा कालोपत्रे गरिएको थियो ।
उक्त कालोपत्रेमा पर्यटकहरुको आकर्षण बढेपछी यसलाई युवाहरुले थप आकर्षक बनाउन थालेको क्लवका सल्लाहाकार यज्ञकुमार राईले बताउनुभयो । यहाँ सडकको आसपासमा सेतो रातो रंगरोगन , ध्वाजाहरु राखिएपछी यसको आकर्षण बढेको हो । पत्येक वर्षको दसैंमा यहाँ सरसफाई र रंगरोगन गर्ने गरिएको पनि सल्लाहाकार राईले बताउनुभयो ।