images
images

कटारीबाट ३८ किलाे गाँजा सहित २ पक्राउ

कार्तिक , ३ , शुक्रबार

कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ७ बाट शुक्रबार विहान ३८ केजि गाँजा सहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै ताप्ली गाउँपालिका वडा नम्बर १ का गणेश मगर र वीरबहादुर मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राईका अनुसार रातिको समयमा गाँजा बोकेर मदनभण्डरी राजमार्ग तर्पm आईरहेका बेला दुवैजनालाई गाँजा सहित पक्राउ गरिएको हो । ताप्ली गाँउपालिका क्षेत्रबाट तावाश्रीहुँदै कटारी , ७ बाट चुरे क्षेत्र पार गराई गाँजा मधेस प्रदेश तर्पm निर्यात हुने गरेको छ ।
सोही क्रममा प्रहरीले दुवैजनालाई रंगेहात पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताउनुभयो ।