images
images

साङ्गेछोयलिङ्ग बौद्ध गुम्बामा ञ्युङ्ने व्रतको आयोजना गरिने

जन्ताभ्वाईस सम्वाददाता
१ कार्तिक , बुधबार , २०८०
कटारी / यस वर्ष पनि कटारी , ३ स्थित श्री साङ्गेछोयलिङ्ग बौद्ध गुम्बामा ञ्युङ्ने व्रतको आयोजना गरिने भएको छ । समस्त प्राणीको उद्धार , राष्ट्रको कल्याण र विश्व शान्तिको लागि विगतमा जस्तै व्रतको आयोजना गरिने भएको हो ।
शिल प्रदानक धर्म गुरु लामा श्री प्रेम दोर्जे बलको उपस्थितिमा व्रतको आयोजना गर्न लागिएको हो । व्रतका लागि ईच्छुकहरुले यहि कार्तिक ४ गते भित्रमा गुम्बामा जानकारी गराईसक्नुपर्ने लामा घेदुङ संघ उदयपुरका अध्यक्ष लामा ज्ञानबहादुर तामाङ्गले बताउनुभयो ।
उहाँका अनुसार व्रत कार्तिक ४ गतेदेखि ७ गतेसम्म रहनेछ । श्री साङ्गेछोयलिङ्ग बौद्ध गुम्बा व्यवस्थापन समितिको आयोजनामा व्रतको आयोजना गर्न लागिएको हो ।