images
images

गबुवामा जारी फुटबलमा प्रहरी तालिम केन्द्र फाईनलमा प्रवेश

जन्ताभ्वाईस सम्वाददाता
१ कार्तिक , बुधबार , २०८०
कटारी /कटारी , ४ गबुवामा जारी दोस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिताको बुधबारको खेलमा नमुना युवा समूह , दुधौली १४ लाई टाईपव्रेकरमा हराउँदै प्रहरी तालिम केन्द्र दुधौली फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमी फाईनलमा केन्द्रले समूहलाई टाईपव्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै फाईनलमा आप्mनो स्थान सुरक्षित गरेको हो ।
खेल अवधिमा दुवै टिमले एकएकको बराबरी गरेपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो । खेलको म्यान अफ द म्याच प्रहरीका गोलरक्षक शुरेस सदा घोषित भए । विहिबार दोस्रो सेमीफाईनल खेल चन्दनपुर क्लव सिन्धुली र कटारी ५ वीच हुनेछ ।
विजेताले फाईनलमा तालिम केन्द्रुसँग ३ असोजमा उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ का साथमा शिल्ड मेडल र प्रमाण पत्र हात पार्नेछन् ।
त्यसैगरी उपविजेता टिमले नगद ४४ हजार ४ सय ४४ शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका सचिव मुना सुनुवारले बताउनुभयो । खेलमा सवै विधामा शिल्ड , मेडल , प्रमाण पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले बताउनुभयो ।