जन्ताभ्वाईस सम्वाददाता
३० असोज, मंगलबार , २०८०
कटारी /कटारी , ४ गबुवामा जारी दोस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिताको मंगलबारको खेलमा प्रहरी तालिम केन्द्र दुधौली र चन्दनपुर युवा समूह विजयी भएका छन् ।केन्द्रले गराँस फुटबल क्लवलाई ० का विरुद्ध १ गोल गर्दै जित हात पार्दा चन्दनपुरले चन्द्रमुखी आदर्श युवा क्लवलाई टाईपव्रेकरमा १ का विरुद्ध ३ गोल गर्दै जित हात पारेको हो ।
खेल अवधिमा एकएक गोलको बराबरी भएपछि टाईपव्रेकरबाट नतिजा निकालिएको हो । प्रतियोगितामा बुधबारदेखि सेमी फाईनलको खेलहरु सुरु हुनेछ । प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ का साथमा शिल्ड मेडल र प्रमाण पत्र हात पार्नेछन् ।
त्यसैगरी उपविजेता टिमले नगद ४४ हजार ४ सय ४४ शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका सचिव मुना सुनुवारले बताउनुभयो । खेलमा सवै विधामा शिल्ड , मेडल , प्रमाण पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले बताउनुभयो । प्रतियोगिता आगामी कार्तिक ३ गते सकिनेछ ।


जनता भ्वाइस 








