images
images

गबुवामा जारी फुटबलमा चन्द्रमुखी आदर्श क्लव विजयी

जन्ताभ्वाईस सम्वाददाता
२९ असोज , सोमबार , २०८०
कटारी/ कटारी , ४ गबुवामा जारी दोस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिताको सोमबार चन्द्रमुखी आदर्श क्लव विजयी भएको छ । चन्द्रमुखीले श्री पशुपति प्रसाद गण वेलसोतलाई १ का विरुद्ध २ गोल गर्दै जित हात पारेको हो ।खेलको म्यान अफ द म्याच चन्द्रमुखीका रितिक धामी घोषित भए ।
प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ का साथमा शिल्ड मेडल र प्रमाण पत्र हात पार्नेछन् । त्यसैगरी उपविजेता टिमले नगद ४४ हजार ४ सय ४४ शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका सचिव मुना सुनुवारले बताउनुभयो । खेलमा सवै विधामा शिल्ड , मेडल , प्रमाण पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले बताउनुभयो । प्रतियोगिता आगामी कार्तिक ३ गते सकिनेछ ।