images
images

गबुवामा जारी फुटबलमा नमुना युवा समूह दुधौली विजयी

जन्ताभ्वाईस सम्वाददाता
२८ असोज , आईतबार , २०८०
कटारी /कटारी , ४ गबुवामा शुक्रबारदेखि सुरु दोस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिताको आईतबारको खेलमा नमुना युवा समूह दुधौली १४ ले जित निकालेको छ । नमुनाले आयोजक गबुवा स्पोर्टस क्लवलाई १ का विरुद्ध ३ गोल गर्दै पहिलो चरण पार गरेको हो । खेलको म्यान अफ द म्याच नमुनाका सौसन राई घोषित भए । गबुवा स्पोर्टस क्लवको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ का साथमा शिल्ड मेडल र प्रमाण पत्र हात पार्नेछन् । त्यसैगरी उपविजेता टिमले नगद ४४ हजार ४ सय ४४ शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका सचिव मुना सुनुवारले बताउनुभयो । खेलमा सवै विधामा शिल्ड , मेडल , प्रमाण पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले बताउनुभयो ।प्रतियोगिता आगामी कार्तिक ३ गते सकिनेछ ।