images
images

श्री पशुपति प्रसाद गण वेलसोत प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिताको फाईनलमा

जन्ताभ्वाईस सम्वाददाता
२८ असोज , आईतबार , २०८०
कटारी /कटारी ३ च्याँगामा जारी प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगितामा नेपाली सेनाको श्री पशुपति प्रसाद गण , कटारी , १ वेलसोत फाईनलमा प्रवेश गरेको छ । आईतबारको अन्तिम सेमी फाईनलमा कटारी भेट्रानलाई लाई ० का विरुद्ध १ गोल गर्दै गण फाईनलमा प्रवेश गरेको हो । खेलमा सेनाका लागि प्रकाश श्रेष्ठले गोल गरे ।
खेलको म्यान अफ द म्याच पनि श्रेष्ठ नै घोषित भए । उनलाई प्रतियोगिताका आर्थिक संयोजक तथा आयोजक च्याँगा फुटबल क्लवका कोषाध्यक्ष ओमराज राईले नगद पुरस्कार प्रदान गरे । विजेता गणले सोमबार फाईनलमा आयोजक च्याँगा फुटबल क्लवसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।
च्याँगाले शनिबार सिसाघारी फुटबल क्लवलाई ० का विरुद्ध २ गोल गर्दै फाईनलमा आप्mनो स्थान सुरक्षित गरेको छ । च्याँगा फुटबल क्लवको आयोजनामा असोज १५ देखि जारी प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।संयोजक राईका अनुसार प्रतियोगितामा दुधौली र कटारीका गरी २३ टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता सोमबार सकिनेछ ।