जन्ताभ्वाईस सम्वाददाता
२७ असोज , शनिबार , २०८०
कटारी/ कटारी , ४ गबुवामा शुक्रबारदेखि सुरु दोस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा प्रहरी तालिम केन्द्र दुधौली र मरुवा फुटबल क्लबबीच बराबरीमा खेल रोकिएको छ । खेल अवधिमा दुवै टिमले दुईदुई गोलको बराबरी खेलका थिए । खेलको नतिजाका लागि टाईपव्रेकरमा पुगेपनि शनिबार साँझ परेकाले आईतबार विहान टाईपव्रेकर गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ का साथमा शिल्ड मेडल र प्रमाण पत्र हात पार्नेछन् । त्यसैगरी उपविजेता टिमले नगद ४४ हजार ४ सय ४४ शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका सचिव मुना सुनुवारले बताउनुभयो । खेलमा सवै विधामा शिल्ड , मेडल , प्रमाण पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले बताउनुभयो ।प्रतियोगिता आगामी कार्तिक ३ गते सकिनेछ ।


जनता भ्वाइस 








