जन्ताभ्वाईस सम्वाददाता
२७ असोज ,शनिबार , २०८०
कटारी / कटारी ३ च्याँगामा जारी फुटबलमा आयोजक च्याँगा फुटबल क्लव फाईनलमा प्रवेश गरेको छ । शनिबारको पहिलो सेमी फाईनलमा सिसाघारी फुटबल क्लवलाई शुन्यका विरुद्ध २ गोल गर्दै च्याँगा फाईनलमा प्रवेश गरेको हो । खेलमा प्रताप राईको पासमा सर्वन सुनुवार र प्रसान्त राईले दोस्रो हाफमा एक एक गोल गरे ।
खेलको म्यान अफ द म्याच च्याँगाका प्रताप राई घोषित भए । उनलाई जिल्ला भलिवल संघ उदयपुरका उपाध्यक्ष तारा ब्लोन तामाङ्गले नगद पुरस्कार प्रदान गरिन । आईतबार दोस्रो सेमीफाईनलमा पशुपति गण वेलसोत र कटारी भेट्रानले प्रतिष्पर्धा गर्नेछन् । दुईटिमको विजेतासँग च्याँगाले उपाधिका लागि सोमबार प्रतिष्पर्धा गर्नेछ ।
च्याँगा फुटबल क्लवको आयोजनामा असोज १५ देखि जारी प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।संयोजक राईका अनुसार प्रतियोगितामा दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।


जनता भ्वाइस 








