जन्ताभ्वाईस सम्वाददाता
२६ असोज , शुक्रबार , २०८०
कटारी /कटारी , ४ गबुवामा शुक्रबारदेखि दोस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा कटारी , ४ जहडी फुटबल क्लवलाई ० का विरुद्ध १ गोल गर्दै कटारी ५ को फुटबल क्लवले विजयी सुरुवात गरेको छ ।
खेलमा कटारी , ४ ले आत्मघाति गोल खाएपछी कटारी , ५ ले जित हात पारेको हो । खेलको म्यान अफ, द म्याच कटारी ५ का गोल रक्षक अशोक दनुवार घोषित भए । गबुवा स्पोर्टस क्लवको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष भूपेन्द्र सिंह तामाङ्गले प्रतियोगिताको पहिलो पुरस्कार वापतको रकम नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो । त्यसैगरी वडाध्यक्ष कपको समेत आयोजना गर्ने वडाध्यक्ष तामाङ्गले बताउनुभयो ।
प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ का साथमा शिल्ड मेडल र प्रमाण पत्र हात पार्नेछन् । त्यसैगरी उपविजेता टिमले नगद ४४ हजार ४ सय ४४ शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका सचिव मुना सुनुवारले बताउनुभयो । खेलमा सवै विधामा शिल्ड , मेडल , प्रमाण पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले बताउनुभयो ।
प्रतियोगिताको उदघाटनमा वोल्दै अध्यक्ष विश्वकर्माले खेलकुद समाजलाई आवश्यक महत्वपूर्ण विषय भएकाले क्लवले खेलकुदका कार्यक्रम जारी राखेको बताउनुभयो । त्यसैगरी आयोजनाका लागि सहयोग गर्ने सवैलाई अध्यक्ष विश्वकर्माले धन्यवाद समेत दिनुभयो । प्रतियोगिताको उदघाटनमा क्लवका कलाकारहरुले प्रस्तुति समेत दिएका थिए ।


जनता भ्वाइस 








