images
images

च्याँगामा जारी फुटबलमा पशुपति गण सेमी फाईनमा प्रवेश

जन्ताभ्वाईस सम्वाददाता
२६ असोज , शुक्रबार , २०८०
कटारी/ कटारी ३ च्याँगामा जारी फुटबलको शुक्रबारको अन्तिम क्वाटरफाईनल खेलमा सगरमाथा फुटबल क्लब च्याँगालाई ० का विरुद्ध ४ गोलको फराकिलो अन्तर सहित पशुपति गण वेलसोत सेमी फाईनलमा प्रवेश गरेको छ । सेमी फाईनलमा पशुपतिले यस अघि सेमी फाईनलमा पुगिसकेको कटारी भेट्रानसँग आईतबार प्रतिष्पर्धा गर्नेछ । शनिबार पहिलो सेमी फाईनलमा आयोजक च्याँगा फुटबल क्लव र सिसाघारी फुटबल क्लबवीच प्रतिष्पर्धा हुनेछ ।
च्याँगा फुटबल क्लवको आयोजनामा असोज १५ देखि जारी प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।संयोजक राईका अनुसार प्रतियोगितामा दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।