images
images

प्रथम च्याँगा फुटबल कपमा सिसाघारी सेमी फाईनलमा प्रवेश

जन्ताभ्वाईस सम्वाददाता
२५ असोज , विहिबार , २०८०
कटारी / कटारी ३ च्याँगामा जारी फुटबलको विहिबारको खेलमा सिर्जनशिल फुटबल क्लव कटारी , ५ लाई ० का विरुद्ध २ गोल गर्दै सिसाघारी फुटबल क्लव कटारी , ५ सेमीफाईनलमा प्रवेश गरेको छ । खेलमा सिसाघारीका लागि लागि उमेश अधिकारी र सुजन अधिकारीले एकएक गोल गरे । खेलको उमेश अधिकारी म्यान अफ द म्याच घोषित भए ।
च्याँगा फुटबल क्लवको आयोजनामा असोज १५ देखि जारी प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।संयोजक राईका अनुसार प्रतियोगितामा दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।