जन्ताभ्वाईस सम्वाददाता
२३ असोज , मंगलबार , २०८०
कटारी/ कटारी ३ च्याँगामा जारी फुटबलको मंगलबारको खेलमा सिर्जनशिल फुटबल क्लव कटारी , ५ विजयी भएको छ । खेलमा केवाईसी दुधौलीलाई २ का विरुद्ध ३ गोल गर्दै सिर्जनशिल विजयी भएको हो । सिर्जन शिलका लागि गणेश कटुवालले २ गोल गरे ।त्यसैगरी सुजन राउतले एक गोल गरेका थिए । केवाईसीको निरज खत्री , आनन्द सुनुवारले एक एक गोल गरे । खेलका म्यान अफ द म्याच सिर्जनशिलका गणेश कटुवाल घोषित भए । म्यान अफ द म्याच कटुवाललाई प्रतियोगिताका आर्थिक संयोजक तथा च्याँगा फुटबल क्लवका ओमराज राईले नगद पुरस्कार प्रदान गरे ।
च्याँगा फुटबल क्लवको आयोजनामा असोज १५ देखि जारी प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।संयोजक राईका अनुसार प्रतियोगितामा दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।


जनता भ्वाइस 








